प्रधानमन्त्री ओलीले आज ६९ औं जन्मदिन जन्मस्थान तेह्रथुम जिल्लाको इवा गाउँमा भव्य रुपमा मनाउँदै

0

विर्तामोड, ११ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज ६९ औं जन्मदिन मनाउँदै हुनुहुन्छ । बाबु मोहनप्रसाद ओली र मधु ओलीको पुत्रको रूपमा विक्रम संम्वत् २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा खड्गप्रसाद ओलीको जन्म भएको थियो । आप्mनो ६९ औं जन्म दिवस मनाउन प्रधानमन्त्री ओली आज बिहान ११ बजे पुख्र्यौली जन्मथलो तेह्रथुमको इवा आउँंदै हुनुहुन्छ । उहाँले इवामा रहेको खानेपानी परियोजना र जलविद्युत आयोजनाको उद्घाटन गर्नुहुने कार्यक्रम छ ।


प्रधानमन्त्री ओलीले आप्mनो जन्मदिवस इवामा मनाउने भएकाले अहिले नेता, कार्यकर्ता र शुभेक्षुकहरुको बाक्लो उपस्थिति रहेको छ ।


विक्रम संम्वत् २०२२ सालदेखि कम्युनिष्ट राजनीतिमा लाग्नु भएका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो । २०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक ओली सोही वर्ष जेल पर्नुभएको थियो ।
पञ्चायती व्यवस्था विरुद्धको संंघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन विताउनु भएको थियो । ओली २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा जिल्लाको दमक क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित हुनु भएको थियो ।
झापामा विद्यालय जीवन विताउनु भएका ओलीले झापाको आदर्श माध्यमिक विद्यालयबाट विक्रम संवत् २०२८ साल प्रवेशिका परिक्षा (एसएलसी) उत्तिर्ण गर्नुभएको हो । प्रधानमन्त्री ओली हाल अनन्तलिङ्गेश्वर नगरपालिका–२, बालकोट, भक्तपुरका स्थायी वासिन्दा हुनुहुन्छ ।


२०५१ साललको एमालेको अल्पमतको सरकारमा गृहमन्त्री बन्नु भएका ओली विक्रम संवत् २०६४ देखि २०६५ सम्म उपप्रधान एवम् परराष्ट्र मन्त्री बन्नु भएको थियो । ओली तत्कालिन नेकपा एमालेबाट प्रतिनिधित्व गर्दै विक्रम संम्वत् २०७२ असोज २४ गते पहिलो पटक प्रधानमन्त्री बन्नु भएको थियो । हाल उहाँ दोस्रो पटक नेपालको प्रधानमन्त्रीको रूपमा क्रियाशील हुनुभएको छ । ००००००

Share.

Leave A Reply