झापाको दुधेमा सगरमाथा टिन्स क्लबको सह्रानीय काम, कोरोनाबारे सचेतना

0

विर्तामोड, २२ फागुन ।

विश्व व्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस संक्रमण जनचेतनाका लागि शिवसताक्षीको दूधेमा र्याली निकालिएको छ । शिवसताक्षी ११ दूधेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका विद्यार्थीले मौन र्याली निकालेका हुन् ।
कोरोना भाइरसबाट आफु पनि बचांै र अरुलाई पनि बचाऔं भन्ने नारा सहित विद्यार्थीहरुको र्यालीले दूधे बजार परिक्रममा गरेको थियो । माक्सको प्रयोग गरौं, हात नमिलाऔं, धेरै मात्रामा पानी पिउँ, नियमित रुपम साबुन पानीले हात धोऔं, खोक्दा वा हाच्छुउ गर्दा नाक मुख छोप्ने गरौं लेखिएका प्लेकार्ड सहित विद्यार्थीहरु र्यालीमा सहभागी भएका थिए ।


र्याली दूधे बजार परिक्रममा गरिसकेपछि सडक नाटकमा परिणत भएको थियो । विदेश जान छोरो विमान स्थलबाट कोरोना भाइरसका कारण घर फर्किनु परेपछि घर गाउँमा भाइरसबाट बच्न कसरी सवाधानी अपनाउने भन्ने विषयमा सडक नाटक गरिएको शिक्षक गोविन्द काफ्लेले बताउनुभयो । उहाँले कोरोना भाइसका बारेमा अझै पनि धेरै मानिसलाई थाहा नभएकाले विद्यार्र्थीले जनचेतनाका लागि कार्यक्रम गरेको जानकारी दिनुभयो ।
सगरमाथा टिन्स क्लबका प्रेक्षा पोखरेल, प्रतिमा नेपाल, विद्या सिग्देल, आसिका बस्नेतले सडक नाटकमा सहजीकरण गर्नु भएको थियो ।
र्यालीमा राष्ट्रिय रमणीय माविका कक्षा ८, ९ र १० का ३ सय विद्यार्थीको सहभागिता रहेको थियो ।
चीनको हुवान प्रान्नबाट सुरु भएको नोवेल कोरोना भाइस हालसम्म ७० भन्दा बढी देशमा संक्रमण भएको बताइएको छ । ०००००००

Share.

Leave A Reply