विर्तामोड ३ मा रहेको अनारमनी दुर्गा स्थान गुठीको जग्गामा रंगशाला बनाउन स्थानीयको माग

0

विर्तामोड, २८ फागुन ।

विर्तामोड ३ मा रहेको अनारमनी दुर्गा स्थान गुठीको जग्गामा रंगशाला बनाउन स्थानीयले माग गरेका छन् । झापा गोल्डकपका सचिव गजेन्द्र पौडेलले फागुन २९ गते हुने भनी पत्राचार गरिएको र फेरि चैत ६ गतेलाई सारिएको विर्तामोड नगरको परिषद बैठकले रंगशाला बनाउने निर्णय गर्नु पर्ने बताउनु भएको हो ।
अनारमनी दुर्गा स्थान गुठीको जग्गामा साढेसात विगाहा भन्दा बढी जग्गा मोही नलागेको र विवाद विहीन रहेको छ । सो जग्गामा डोमालाल राजवंशी रंगशाला निर्माण गर्नु पर्ने स्थानीयको माग छ । झापा ११ फुटबल क्लवले विर्तामोड नगरमा जग्गाको अवस्थासहित सबै विषय उल्लेख गर्दै २०७६ फागुन ६ गते ३५३१ नम्वरमा निवेदन दर्ता गराएको छ ।

 

यो पनि पढ्नुहोस्

डोमालाल रंगशालाको जग्गा : ‘सर्वोच्च अदालतले सिरक ओडेर’ गरेको फैसला कार्यान्वयन गर्न दिँदैनौं : मेयर शिवाकोटी

संघीय सरकारले एउटा निर्वाचन क्षेत्रमा एउटा रंगशाला निर्माण गर्ने नीति अख्तियार गरी चालु आर्थिक वर्षमा १० वटा रंगशाला बनाउने बजेट नै व्यवस्था गरेको छ । विर्तावजारको डोमालाल रंगशाला निर्माण गर्ने नगरले निर्णय गरे संघीय सरकारले नै रंगशाला बनाउने अवस्था रहेको झापा ११ फुटबल क्लवका अध्यक्ष जलकुमार गुरुङले बताउनुभयो ।

 

यो पनि पढ्नुहोस्

प्रस्तावित डोमालाल राजवंशी रंगशालाको जग्गाबारे थप रहस्य खुल्दै

‘हामीले जग्गाको अवस्था हेर्दा विवाद नभएको जग्गामा रंगशाला निर्माण गर्न सकिने अवस्था छ’, विर्तामोड २ का अध्यक्ष नगेन्द्र संग्रौलाले भन्नुभयो, ‘नगरको परिषद बैठकमा यो एजेण्डा उठाउने तयारी गरेको छु ।’

यो पनि पढ्नुहोस्

झापाको विर्तामोड ३ मा रहेको देवी गुठीको जग्गा के अब फिर्ता होला ? 

 

०००००

Share.

Leave A Reply