टोकियो ओलम्पिक गेम्स सर्ने

0

विर्तामोड, १० चैत ।

टोकियो ओलम्पिक गेम्स सर्ने सम्भावना थप बलियो भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आउँदो जुलाईमा सुरु हुने तय भएको टोकियो ओलम्पिक सार्ने विषयमा छलफल गरेको हो ।
तर, तत्कालका लागि भने सार्ने निर्णय गरिसकेको छैन । आइओसीले सो निर्णयका लागि चार हप्ताको समय लाग्ने बताएको छ । कोरोना भाइरसको संक्रमण बिस्तार हुँदै जाँदा खेलाडी तथा राष्ट्रिय ओलम्पिक कमिटीहरुले ओलम्पिक सार्न दबाब दिइरहेका बेला आइओसीको कार्यकारी बोर्डको बैठक बसेको हो । विश्वभर कोरोनाको प्रभाव थप भयावह बन्दै गएकाले ओलम्पिक सार्ने विषयमा छलफल भएको र चाँडै नै ओलम्पिकको नयाँ सुरुवात मिति तय हुने सम्भावना रहेको आइओसीले जनाएको छ ।
टोकियो ओलम्पिक आउँदो जुलाई २४ मा सुरु हुने पूर्व निर्धारित कार्यतालिका छ । तर, अब यो मितिमा खेल सुरु हुने सम्भावना लगभग छैन । ००००००

Share.

Leave A Reply