आईसीसीको टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल

0

विर्तामोड, १२ चैत ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो ।
टी–ट्वान्टीमा लगातार खराब प्रदर्शन गर्दै आएको कारण नेपाल गत महिना ३ स्थान तल झरेको थियो । नेपालको टी–ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो ।
एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेका छन् । स्कटल्याण्ड १२ र युएई १४ औं स्थानमा रहेका छन् । नेपाल एकदिवसीय वरीयतामा १५ औं स्थानमा रहेको छ ।
टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ । यस्तै अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् । ००००००

Share.

Leave A Reply