सीमा नाका बन्द गर्ने र अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

0

विर्तामोड, १२ चैत ।

सीमा नाका बन्द गर्ने र अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
आज न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले सरकारलाई चैत २४ गते छलफलमा बोलाएको छ । सीमा र अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध गर्दा नेपालीलाई आफ्नो देश प्रवेश गर्न असहज भएको र उनीहरुको मौलिक हक हनन भएको भन्दै अधिवक्ता मीना बस्नेत र माधव बस्नेतले रिट दायर गर्नु भएको हो । उहाँहरुले सीमा नाका र अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि अन्तरिम आदेश माग गरेका थिए । सर्वोच्चले अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे छलफलमा रिट निवोदनकर्ता र विपक्षी सरकारलाई चैत २४ गते छलफलमा बोलाएको हो । ००००००

Share.

Leave A Reply