अति बिपन्न मजदुर किसानहरु दैनिकीको सवालमा सबै क्षेत्रबाट सोचौं : नेकपा प्रदेश प्रचार उपप्रमुख घिमिरे

0

विर्तामोड, १२ चैत ।

नेकपा प्रदेश प्रचार उपप्रमुख घिमिरेले सामाजिक सञ्जालमा राखेको तस्वीर

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश १ का प्रचार विभाग उपप्रमुख डिल्ली घिमिरे हिक्मतले अति बिपन्न मजदुर किसानहरुको दैनिकीको सवालमा सबै क्षेत्रबाट गम्भीर भएर सोच्न आग्रह गर्नु भएको छ । सामाजिक सञ्जालमा आज आफ्नो धारणा सार्वजनिक गर्दै नेता घिमिरेले जनसमुदायमा गम्भीरतापुर्वक राज्यको निर्देशन पालना गर्न हार्दिक अनुरोध समेत गर्नु भएको छ ।


उहाँले लेख्नु भएको छ, ‘हाम्रो देश मात्रै होइन, आजसम्म संसारका १९२ देश कोरोना भाइरस कोभिड १९ को संक्रमणमा छन् । र, अझै यो बड्दो क्रममा छ । जनसमुदाय संकटमा परेको यो घडीमा घरमा थुनिएर बस्नु अत्यन्तै पिडादायी हुदोरहेछ । डब्लुएचओका अनुसार पहिलो १ लाखलाई संक्रमण हुन ६७ दिन, दोस्रो १ लाखलाई १२ दिन र तेस्रो १ लाख पुग्न ४ दिन लाग्यो । यो गति हेर्दा अत्यन्तै भयावह अवस्था छ ।’
‘राज्यका तीन ओटै तहका सक्रियता र पहलकदमी सह्राना गर्न योग्य छन् । चिकित्सक र सुरक्षाकर्मीलाई आवश्यक सामानहरु उपलब्ध गराउने कुरामा सचेतता पुर्वक लाग्नु पर्ने देखिन्छ । अति बिपन्न मजदुर किसानहरु दैनिकीको सवालमा सबै क्षेत्रबाट सोचौं । जनसमुदायहरुमा गम्भीरतापुर्वक राज्यको निर्देशन पालना गर्न हार्दिक अनुरोध गर्दछु । आफू पनि बचौं, अरुलाई पनि बचाऔं’, नेता घिमिरेले लेख्नु भएको छ । ००००००

Share.

Leave A Reply