प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा घरमै बस्न सबैलाई आग्रह

0

विर्तामोड, १२ चैत ।

प्रधानमन्त्री केपी शर्मा ओलीले घरमै बस्न सबैलाई आग्रह गर्नु भएको छ । आज अपरान्ह सामाजिक सञ्जाल ट्वीटरमार्फत अर्को घोषणा नहुँदासम्म सबै घरभित्र बसिरहन आग्रह गर्नु भएको हो ।
प्रधानमन्त्रीले ट्विटमा फोटोसँगै लेख्नु भएको छ, ‘म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु । तपाईंहरु पनि घरमै बस्नुहोस् ।’ र, उहाँको ट्वीटमा छ, ‘अहिले हामी सबै लकडाउनमा छौं । सबै सुरक्षित हुनुहोस्, अर्को घोषणा नहुँदासम्म घरमै बस्नुहोस् ।’

https://twitter.com/kpsharmaoli?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1242770570946596864&ref_url=https%3A%2F%2Fekantipur.com%2Fnews%2F2020%2F03%2F25%2F158513959355078613.html

कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न सरकारले मंगलबार बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्मका देशव्यापी लकडाउनको घोषणा गरेको छ । दुई दिनदेखि जारी लकडाउनको कतिपय ठाउँमा सामान्य अवज्ञा भएपछि प्रधानमन्त्री ओलीले सबैलाई घरमै बस्न आग्रह गर्नु भएको हो ।
आज मात्रै थप एक नेपालीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएपछि सरकार थप सतर्क भएको छ । ००००००

Share.

Leave A Reply