झापाको पछिल्लो कोरोना अपडेट : ५० जना पालिकाका र १८२ जना सेल्फ क्वारेन्टाइन र १ जना आइसोलेशनमा

0

विर्तामोड, १२ चैत ।

झापामा हालसम्म स्थानीय तहले १८ स्थानमा ३४० वेडको क्वारेन्टाइन निर्माण गरेको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले बताउनु भएको छ ।
प्रमुख पोर्तेलका अनुसार स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा ५० जना बसेका छन् भने सेल्फ क्वारेन्टाइनमा १८२ जना रहेका छन् । पछिल्लो तथ्यांक अनुसार गौरिगञ्ज, बाह्रदशी गाउँपालिका र शिवसताक्षी नगरपालिकामा मात्र कोही पनि क्वारेन्टाइनमा रहेका छैनन् । गौरिगञ्जमा १० वेड, बाह्रदशीमा २५ वेड र शिवसताक्षीमा १६ वेडको क्वारेन्टाइन तयारी अवस्थामा छ ।
गौरादहमा १० वेडको क्वारेन्टाइन बनाइएको छ, त्यहाँ १ जना क्वारेन्टाइनमा छन् । एक जना मेची अस्पतालको आइसोलेशनमा रहेका छन् । गौरादहमा ४ जना सेल्फ क्वारेन्टाइनमा छन् ।
दमकमा २२ वेडको क्वारेन्टाइन छ, त्यहाँ ३ जना नगरको र १२ जना सेल्फ क्वारेन्टाइनमा छन् ।
कमल गाउँपालिकामा १५ वेडको क्वारेन्टाइन छ, त्यहाँका ९ जना सेल्फ क्वारेन्टाइनमा छन् । अर्जुनधारा नगरमा १० वेडको क्वारेन्टाइन छ, १७ वेड बन्दैछ, अहिले ५ जना नगरले तयार गरेको क्वारेन्टाइनमा छन् । २२ जना सेल्फ क्वारेन्टाइनमा रहेको बताइएको छ ।
मेचीनगरमा ५९ वेडको क्वारेन्टाइन नगरले तयार गरेको छ, त्यहाँ २५ जना रहेका छन् । ४३ जना सेल्फ क्वारेन्टाइनमा बसेका छन् । कन्काई नगरमा २१ वेडको क्वारेन्टाइन नगरले निर्माण गरेको छ, ८ जना त्यहाँ बसेका छन् । १६ जना सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।
बुद्धशान्ति गाउँपालिकामा ५ वेडको क्वारेन्टाइन बनेको छ भने ५ वेड बन्दैछ, २७ जना सेल्फ क्वारेन्टाइनमा छन् ।
झापा गाउँपालिकामा २० वेडको क्वारेन्टाइन छ, २० वेड बन्दैछ, ८ जना त्यहाँको क्वारेन्टाइनमा बसेका छन् भने १५ जना सेल्फ क्वारेन्टाइनमा बसेका छन् । विर्तामोडमा ९० वेडको क्वारेन्टाइन छ, एक जना त्यो क्वारेन्टाइनमा बसेका छन् भने विर्तामोड नगर क्षेत्रमा ९ जना सेल्फ क्वारेन्टाइनमा छन् । हल्दिवारीमा ५ वेडको क्वारेन्टाइन बनेको छ, १५ वेड क्षमताको बन्दैछ । ४ जना सेल्फ क्वारेन्टाइनमा छन् ।
भद्रपुर नगर क्षेत्रको कलवलगुडीमा ३२ वेडको क्वारेन्टाइन छ भने १७ जना सेल्फ क्वारेन्टाइनमा छन् । उता कचनकवलमा ९ वेडको क्वारेन्टाइन छ, ४ जना सेल्फ क्वारेन्टाइनमा बसेका छन् । ००००००

Share.

Leave A Reply