पाकिस्तानमा तीन जना पत्रकारमा पनि कोरोना संक्रमण

0

विर्तामोड, १३ चैत ।

पाकिस्तानमा तीन जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पाकिस्तानका न्यूज २४ एचडी टीभीका दुई जना पत्रकार र अबतक टीभीका एक जना पत्रकारलाई कोभिड १९ को संक्रमण देखिएको पाकिस्तानी अनलाइन पत्रिका डेली टाइम्सले जनाएको छ । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन । उनीहरु पाकिस्तानको लाहोर र पूर्वी पञ्जाव प्रान्तमा कार्यरत थिए ।
यता, टीभी च्यानलका कार्यकारी निर्देशक मोहसिन नाकभीले थप अरु पत्रकारलाई अनुसन्धान गरिरहेको र उनीहरुलाई पनि व्यक्तिगत रुपमा परीक्षण गरी क्वारेन्टाइनमा पठाइरहेको बताउनुभयो । साथै, उहाँले यसबारेमा पुरै तयारीका साथ लागेको बताउनुभयो । यसका साथै उहाँले पत्रकारहरुको लागि आवश्यक स्वास्थ्य सुरक्षाका सामग्रीहरु अभाव रहेको बताउनुभयो ।
यस्तै, पाकिस्तान पत्रकार महासंघका अध्यक्ष सिद्धिकी अन्जरले प्रायः अधिकांश संवाददाताहरु अस्पतालबाट बिना सेफ्टी किड नै समाचारहरु सम्प्रेषण गरिरहेकोले भन्दै सरकारसँग उनीहरुको उपचारको जिम्मेवारी लिन आग्रह गरेको बताउनुभयो । ००००००

Share.

Leave A Reply