बार्यन म्युनिख र बोरुसिया डर्टमुण्डका खेलाडी तथा निर्देशकहरु पारिश्रमिकमा अस्थायी कटौतिका लागि तयार

0

विर्तामोड, १३ चैत ।

जर्मन बुण्डेस लिगा फुटबल क्लब बार्यन म्युनिख र बोरुसिया डर्टमुण्डका खेलाडी तथा निर्देशकहरु पारिश्रमिकमा अस्थायी कटौतिका लागि तयार भएका छन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण खेलहरु स्थगित भएका छन् । सोही कारण खेलाडी तथा निर्देशकहरु अस्थायी रुपमा पारिश्रमिक कटौतिका लागि राजी भएको जनाइएको छ ।
कोरोना भाइरसले उत्पन्न गरेको संकटका बेला क्लबले अरु कर्मचारीलाई आर्थिक रुपमा सहयोग गर्न सकोस् भनेर खेलाडी तथा निर्देशकहरु तत्कालका लागि पारिश्रमिक नलिन तयार भएका हुन् ।
कोरोना भाइरसको संक्रमणका कारण मार्च ८ यता बुण्डेस लिगा फुटबल हुन सकेको छैन । ००००००

Share.

Leave A Reply