लकडाउनको अवज्ञा गर्ने मोटरसाइकल लगायतका सवारी साधन झापाको प्रहरीले नियन्त्रणमा लिने र लकडाउन सकिएपछि फिर्ता दिने

0

विर्तामोड, १३ चैत ।

फाइल फोटो

सरकारले कोरोना भाइरस संकमण हुन नदिन गरेको लकडाउनको अवज्ञा गर्ने मोटरसाइकल लगायतका सवारीसाधन आजबाट झापाको प्रहरीले नियन्त्रणमा लिने भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले अत्यावश्क र अनुमति लिएका बाहेकका सवारी साधन नियन्त्रणमा लिने बताउनुभयो ।
उहाँले नियन्त्रण लिएका सवारीसाधन लकडाउन पूर्णरुपले अन्त्य नभएसम्म फिर्ता नगर्ने चेतावनी दिनुभयो । कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले एक साता लकडाउन घोषणा गरे पनि प्रहरीलाई अटेर गरेर मानिस सडकमा निस्किन थालेका छन् । सागसब्जी तथा खाद्यान्न खरिद गर्ने बहनामा बजार क्षेत्रमा हुने अनावश्यक भिडलाई पनि प्रसाशनले रोक लगाउने तयारी गरेको प्रजिअ राना मगरले बताउनुभयो ।
ईलाका प्रहरी कार्यालय झिलझिले र अस्थाई ट्राफिक प्रहरी पोष्टको संयुक्त टोलीले १ सय ५ वटा मोटरसाईकल र ४ वटा अटोरिक्सा नियन्त्रणमा लिएको छ । लकडाउनको अवज्ञा गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले ९७ वटा मोटरसाईकल र स्कुटी नियन्त्रणमा लिएको छ भने ७ वटा अटो रिक्सालाई पनि नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयमा राखिएको छ ।
आजबाट जिल्लाका सबै स्थानमा अनुमति बिना संचालन हुने मोटरसाइकल लगायतका सवारीसधान नियन्त्रणमा लिने झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले बताउनुभयो । सरकारले कोरोना भाइरस संक्रमण नहोस् भनेर गरेको लकडाउन कतिपय नागरिकले नेपाल बन्दको अर्थमा बुझेका छन् । साँझ ५ बजेपछि नागरिक मोटरसाइकल लगायतका साधन लिएर सडकमा निस्कन थालेका छन् । यसले लकडाउन निस्प्रभावी हुने सम्भावना रहेको छ । ०००००

Share.

Leave A Reply