दक्षिण एसियामा कोरोना भाइरसबाट २८ जनाको मृत्यु

0

विर्तामोड, १३ चैत ।

दक्षिण एसियामा कोरोना (कोभिड १९) भाइरसबाट २८ जनाको ज्यान गइसकेको छ । दक्षिण एसियाली देश मध्ये भारतमा सबैभन्दा धेरै १३ जनाको ज्यान गएको हो ।
त्यस्तै, पाकिस्तानमा ८, बंगलादेशमा ५ र अफगानिस्तानमा २ जनाको ज्यान गएको छ ।
आज विहानसम्म दक्षिण एसियामा संक्रमितको संख्या करिब हजार पुगेको छ । सबैभन्दा बढी पाकिस्तानमा १ हजार ६३ जना संक्रमित छन् । उनीहरू मध्ये २१ जना निको भइसकेका छन् । पाँच जना भने गम्भीर विरामी छन् ।
भारतमा ६६४ जना, श्रीलंकामा १०२ जना, अफगानिस्तानमा ८४ जना र बंगलादेशमा ३९ जनामा यो भाइरस भेटिएको छ । माल्दिभ्समा १३ जना, नेपालमा ३ जना र भुटानमा पनि २ जनामा यो भाइरसको संक्रमण देखिएको छ । ००००००

Share.

Leave A Reply