दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरूका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न कांग्रेस सभापाति देउवाको माग

0

विर्तामोड, १३ चैत ।

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरूका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न माग गर्नु भएको छ । उहाँले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गर्नु भएको हो ।

 

‘कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमारीको सिकार बन्न नपरोस्’ देउवाले ट्विटरमा लेख्नु भएको छ, ‘म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु ।’
विश्वभरी फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुनका लागि सरकारले गरेको लकडाउन उत्तम विकल्प भएको देउवाको भनाइ छ । ००००००

Share.

Leave A Reply