कुनै चिन्ता नलिई उपचारमा खटिन चिकित्सक र स्वास्थ्य प्राविधिकलाई प्रधानमन्त्री ओलीको आग्रह

0

विर्तामोड, १३ चैत ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै चिन्ता नलिई उपचारमा खटिन चिकित्सक र स्वास्थ्य प्राविधिकलाई आग्रह गर्नु भएको छ । आज अपराह्न ट्वीट गर्दै प्रधानमन्त्री ओलीले सरकारसँगै रहेकाले चिन्तित नभई काम गर्न आग्रह गर्नु भएको हो ।
‘चिकित्सक तथा प्राविधिक साथीहरु ः हाल मौज्दात सामग्रीको आधिकारिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔं, तपाईंहरुको सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदैछन्, धैर्य गरौं, कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गरौं, सरकार तपाईंहरु सँगै छ, चिन्तित नहोऔं’, प्रधानमन्त्रीको ट्वीटमा छ ।

 

 

सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई कोभिड–१९ बच्ने सामग्री नभएको समाचार आएपछि प्रधानमन्त्री ओलीले ट्वीटमार्फत उनीहरुलाई आश्वस्त पार्नु भएको हो । कोभिड–१९ परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण अभाव भएपछि सरकारले कोरोना संक्रमण जाँच्ने कीट र स्वास्थ्यकर्मीहरुका लागि आवश्यक व्यक्ति सुरक्षा सामग्री (पीपीई) चीनबाट मगाएको छ । यी सामग्री शनिबार साँझसम्म काठमाडौं आउने बताइएको छ ।
बुधबार पनि प्रधानमन्त्री ओलीले ट्वीटमार्फत अर्को निर्णय नभएसम्मका लागि घरमै बस्न सबै नागरिकलाई आग्रह गर्नु भएको थियो । सरकारले मंगलबारदेखि मुलुकभर साताव्यापी लकडाउन घोषणा गरेको छ । अहिलेसम्म नेपालमा कोभिड–१९ बाट तीन जना संक्रमित भएका छन् । एक जना निको भएर घर फर्केका छन् भन् दुई जना उपचारमै छन् । ००००००

Share.

Leave A Reply