रेडियो भिजन आजदेखि आठौं वर्षमा प्रवेश, सात वर्षको अनुभवबाट अझ दर्विलो र अगुवा बन्न सक्नेछ : बान अध्यक्ष न्यौपाने

0

विर्तामोड, १४ चैत ।

रेडियो भिजन आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । रेडियो स्थापनादेखि निरन्तररुपमा विभिन्न समाचारका साथै सन्देशमुलक कार्यक्रमहरु प्रसारण गर्दै आएको छ । साथै, सामाजिक उतरदायित्व समेत वहन गर्दै विभिन्न समयमा विभन्न कार्यक्रम समेत गर्दै आएको र आगामी दिनमा पनि अझ परिस्कृत रुपमा लैजाने रेडियोको योजना रहेको छ ।
‘हामीलाई यहाँसम्म आईपुग्न सहयोग गर्नु हुने सम्पूर्ण विज्ञापनदाता, स्रोता तथा शुभचिन्तकहरुमा रेडियो भिजन कृतज्ञता ज्ञापन गर्दछ’, रेडियो भिजनका अध्यक्ष उमेश डालमियमले भन्नुभयो, ‘१ नम्वर प्रदेशकै एक मात्र २००० वाट क्षमताको रेडियो भएकाले आवाजविहीनको आवाज बनेर मुलुकको समृद्धि अभियानमा भुमिका निर्वाह गर्ने छौं ।’
यसैबीच, व्यावसायिक रेडियोहरुको संगठन ब्रोडकाष्टिङ एशोसिएशन अफ नेपाल बानका केन्द्रीय अध्यक्ष चन्द्र न्यौपानेले रेडियो भिजन ८ वर्ष प्रवेश गरेको अवसरमा उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको छ । ‘रेडियोले जनसुकै विषम परिस्थितिमा पनि नागरिकलाई सुचना पुर्याउनु पर्छ’, अध्यक्ष न्यौपानेले शुभकामनामा लेख्नु भएको छ, ‘रेडियो भिजनले देशको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि पुर्याएको योगदान अतुलनीय छ । र, अबका दिनमा पनि यो सात वर्षको अनुभवबाट अझ दर्विलो र त्यस क्षेत्रको अगुवा बन्न सक्नेछ भन्ने विश्वास छ ।’
यस्तै, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले रेडियो भिजनको आठौं स्थापना दिवसको अवसरमा सबै स्रोताको मन जित्न सकोसु भन्ने शुभकामना व्यक्त गर्नु भएको छ ।
त्यस्तै, सचिव सन्तोष आचार्यले प्रविधि मैत्री भएर रेडियो भिजन सञ्चालन हुन सकोस भन्ने शुभकामना दिनु भएको छ ।
प्रेस संगठन १ नम्वर प्रदेश इञ्चार्ज लीलाराज भट्टराईले रेडियो भिजनले नागरिकको सुचनाको हकलाई कार्यान्वयन गर्न महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नु भएको छ । ००००००

Share.

Leave A Reply