क्रिकेटर सन्दीप लामिछानेद्धारा कोरोना राहत कोषमा एक लाख सहयोग दिने घोषणा

0

विर्तामोड, १४ चैत ।

क्रिकेटर सन्दीप लामिछानेले कोरोना राहत कोषमा एक लाख रुपैयाँ सहयोग दिने घोषणा गर्नु भएको छ । राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण खेलाडी सन्दीपले सरकारले गठन गरेको राहत कोषमा १ लाख रुपैयाँ दिने बताउनु भएको हो ।
उहाँले सामाजिक सञ्जालमार्फत सरकारी राहत कोषमा सो सहयोग रकमको घोषणा गर्नु भएको हो । सरकारले कोरोना भाईरसबिरुद्व लड्न सरकारी राहत कोष बनाएको छ । एकद्वार प्रणाली अन्तर्गत राहत रकम संकलन गर्न सरकारले राहत कोष निर्माण गरेको हो ।
कोरोनाको संक्रमणबाट युरोप लगायतका देश आक्रान्त छन् । यो समय युरोपेली क्लब फुटबलका स्टार खेलाडी लगायतले आफ्नो देशलाई सक्दो आर्थिक सहयोग गरेका छन् । ग्लोबल आईकनको रुपमा चिनिएका सन्दीपले सरकारी राहत कोषमा आर्थिक सहयोग गर्नु भएको हो । नेपालमा अहिलेसम्म तीन जना कोरोनाबाट संक्रमित भेटिएका छन् । एक जना सफल उपचार गराएर घर फर्किएका छन् । दुई जनाको उपचार भइरहेको छ । ००००००

Share.

Leave A Reply