ऋणीलाई राष्ट्र बैंकको राहत : चैतमा तिर्नुपर्ने साँवा र ब्याज असारसम्म तिर्दा हुने

0

विर्तामोड, १६ चैत ।


नेपाल राष्ट्र बैंकले ऋणीलाई राहत दिएको छ । कोरोनाको कारण व्यापार व्यवसाय ठप्प भएपछि राष्ट्र बैंकले चैतसम्ममा तिर्नुपर्ने ऋणको साँवा र ब्याज असार मसान्तसम्म तिरे पुग्ने निर्णय गरेको हो ।
यस सम्बन्धमा राष्ट्र बैंकले आज नै सर्कुलर पनि जारी गरेको छ । यदी चैतभित्रै ऋणको साँवा र ब्याज तिरेमा ऋणीले चैत महिनामा भुक्तानी गर्नुपर्ने मासिक र त्रैमासिक ब्याजको रकममा १० प्रतिशत छुट पाउने भएका छन् । ००००००

Share.

Leave A Reply