झापा कारागार भद्रपुरद्वारा ८४ जना कैदीबन्दीको कैद मिनाहाका लागि सिफारिस

0

विर्तामोड, १७ चैत ।


कोभिड १९ (कोरोना भाइरस) को त्रास बढेसँगै झापा कारागार भद्रपुरले ८४ जना कैदीबन्दीको कैद मिनाहाका लागि सिफारिस गरेको छ ।
गृह मन्त्रालयअ न्तर्गतको कारागार व्यवस्था विभागमा झापा कारागारले एक वर्षसम्मका कैद, ज्येष्ठ नागरिक र ५० प्रतिशत कैद भुक्तान भइसकेका ८४ जनाको नाममा सिफारिस गरेको कारागारका जेलर राजेन्द्र निरौलाले जानकारी दिनुभयो । कैद मिनाहा गर्न सकिने कैदी बन्दीको नामावली विभागले माग गरेपछि उनीहरूको नाम पठाएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार एक वर्षसम्मका कैद भएका ४० जना, २९ जना ज्येष्ठ नागरिक र १५ जना ५० प्रतिशत कैद भुक्तान गरिसकेका र नेगेटिभ मुद्दा नभएका कैदीको नाम सिफारिसका लागि पठाएको हो । कारागारमा कोरोना त्रास रहेकोले हाल नयाँ कैदी बन्दीलाई प्रवेश गर्न नदिएको बताउनुभयो । कारागारमा हाल १०३५ जना पुरुष, ७८ जना महिला कैदी बन्दी रहेको जनाइएको छ । ००००००

Share.

Leave A Reply