विर्तामोड ८ को प्रगतिनगर टोल विकास संस्थाद्वारा अति विपन्न ४५ परिवारलाई खाद्य सामग्री वितरण

0

विर्तामोड, १८ चैत ।

विर्तामोड ८ को प्रगतिनगर टोल विकास संस्थाले आज अति विपन्न ४५ परिवारलाई खाद्य सामग्री वितरण गरेको छ ।
बिर्तामोड–८ को टोल विकास संस्थाले स्थानीय युवाबाट संकलित सहयोग रकमले प्रति परिवार ५ केजी चामल, २ केजी आलु, १ केजी नुन, १ लिटर तेल, १ केजी दाल, सोयाविन, चाउचाउ र हात धुने सावुन वितरण गरेको स्थानीय युवा अनुप सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार टोल विकास संस्था र स्थानीय युवाको अगुवाईमा घरघरमै पुगेर राहत स्वरुप खाद्य सामग्री वितरण गरिएको हो । लकडाउनपछि दैनिक काममा जान नपाएका मजदुर परिवारलाई लक्षित गरेर राहत बाँडिएको सापकोटाले बताउनु भएको छ । ००००००

Share.

Leave A Reply