रियल र बार्सिलोनाको नजर मर्टिनेजमा पर्यो

0

विर्तामोड, १९ चैत ।

स्पेनिस महारथी क्लबहरु बार्सिलोना र रियल मड्रिडले ईन्टर मिलानका स्टार लौटारो मार्टिनेजलाई अनुबन्ध गर्ने इच्छा देखाएका छन् ।
मार्टिनेजका एजेन्ट बेटो येकले यसको पुष्टि गर्दै स्पेनिस दुई महारथी क्लबले मार्टिनेज अनुबन्धमा चासो देखाएको बताएका हुन् ।
मार्टिनेजका एजेन्टले धेरै क्लबबाट अर्जेन्टिनी फरवार्डका लागि प्रस्ताव आएको पुष्टि गर्दै स्पेनिस क्लब समेत मार्टिनेज अनुबन्धको दौडमा रहेको प्रष्ट पारेका छन् । २२ बर्षका सेन्ट्रल फरवार्ड मार्टिनेज यसै सिजन ईन्टर आएका थिए । उनले सबै प्रतियोगितामा १६ गोल समेत गरेका छन् ।
सिरि ए फुटबलमा मार्टिनेजले देखाएको प्रभावका कारण युरोपका ठुला क्लब उनलाई अनुबन्ध गर्न चाहन्छन् । उनका एजेन्ट बेटो येकले धेरै क्लबसंग छलफल चलिरहेको भन्दै उपयुक्त विकल्प छनोट गरिने बताएका छन् ।
‘यो भन्न सकिन्छ, बार्सिलोना र रियल मड्रिडले मार्टिनेजलाई चाहेका छन् । तर, यसले उनलाई प्रभाव पार्दैन’, येकले भनेका छन्, ‘अरु खेलाडी भएको भए रातमा सुत्न सक्ने थिएनन् ।’
‘उनले कहिल्यै फोन गरेर सोध्दैनन्, यो साँचो हो वा झुट हो भनेर । उनी वर्तमान र आफ्नो काममा मात्र केन्द्रित हुन्छन्’, मार्टिनेजका एजेन्टले भनेका छन् ।
सिरि ए फुटबलमा ईन्टर शीर्ष स्थानको युभेन्ट्स भन्दा ९ अंकले पछाडि रहेको छ । उनले युरोपेली प्रतियोगितामा राम्रो प्रर्दशन गरे । उनले च्याम्पियन्स लिगका ६ खेलमा ५ गोल गरे । तर, युरोपा लिगबाट बाहिरिने क्रममा उनले क्लबको उद्वार गर्न भने सकेनन् ।
मार्टिनेज पछिल्लो समय बार्सिलोनासंग जोडिएका छन् । क्लबका लिजेण्ड रिभाल्डोले मार्टिनेजलाई अनुबन्धमा बार्सिलोनाले ध्यान केन्द्रित गर्नुपर्ने बताएका थिए । उनले मार्टिनेजलाई अझ विकास गर्न र अनुभव दिन आवश्यक रहेको बताएका थिए । ००००००

Share.

Leave A Reply