आज चैते दशैं

0

विर्तामोड, १९ चैत ।

आज चैत्र–अष्टमी अर्थात चैते दशैं पर्व, देशभर दुर्गा भवानीको पूजा आराधना गरि मनाइदै छ । देशका बिभिन्न स्थानमा रहेका शक्तिपीठ तथा मन्दिरहरुमा बिहानै देखि पूजा तथा दर्शन गर्न दर्शनार्थीको चहलपहल जारी रहेको छ ।
चैते दशै पर्वको अवसरमा देवीमन्दिर तथा घरघरमा दुर्गा सप्तशती, देवी भागवत कालिकापुराण लगायत देवी महिमायुक्त ग्रन्थको वाचन गर्ने गरिन्छ । एक वर्षमा चैत र असोज महिनामा गरी दुई पटक पुज्ने दुर्गा पूजाको हिन्दु धर्म शास्त्रहरुमा विशेष महत्व रहेको उल्लेख गरिएको छ । हिन्दु धर्मालम्वीहरुले आज चैते दशै मनाएर भोलि विशेष उत्सवको साथ राम नवमी पर्व मनाउने गरेका छन् । ००००००००

Share.

Leave A Reply