मेचीनगर नगरपालिकाको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थापित कोषमा ७९,६६,४३० रुपैयाँ सङ्कलन

0

विर्तामोड, ३० चैत ।

मेचीनगरमा सिम्रिक

झापाको मेचीनगर नगरपालिकाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थापित कोषमा हालसम्म ७९ लाख ६६ हजार रुपैयाँ सङ्कलन गरेको छ । नगरपालिकाका लेखा प्रशासन शाखा प्रमुख पदमबहादुर कार्कीका अनुसार कोषमा ७९ लाख ६६ हजार ४ सय ३० रुपैयाँ कोषमा जम्मा भएको छ ।
यही चैत २७ गतेसम्म कोषबाट ४८ लाख ४९ हजार ७७७ कोभिड–१९ रोकथाम तथा नियन्त्रण उपचारमा खर्च भएको छ ।
कोषमा चालु आर्थिक वर्ष २०७६÷७७ को वजेटबाट २० लाख, नगरपालिकाको अन्य शीर्षकबाट रकमान्तर गरिएको ३५ लाख, १ न म्वर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट १० लाख रुपैयाँ आएको थियो ।
विभिन्न राजनीतिक दल, अन्य सामाजिक संघसंस्था र व्यक्तिबाट १४ लाख ६६ हजार ४३० रुपैयाँ नगद कोषमा जम्मा भएको कार्कीले जानकारी दिनुभयो । ००००००

Share.

Leave A Reply