मोरङको टाँडीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएका हलेसी नगरपालिकाका सर्वसाधारणलाई उद्धार गरेर गाउँमा लगिँदै

0

विर्तामोड, ३० चैत ।

हलेसी तुवाचुङ नगरपालिकाले मोरङको टाँडीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएका सर्वसाधारणलाई उद्धार गरेर गाउँमा ल्याउन सवारी साधन पठाएको छ । भारतका विभिन्न स्थानमा काम गरेर घर फर्कने गत चैत ११ गतेदेखि सूर्यदल गणले तयार पारेको क्वारेन्टाइनमा राखिएका १८ जनालाई गाउँसम्म ल्याउन नगरपालिकाले बस पठाएको हो ।
क्वारेन्टाइनमा राखिएका नगरबासीको नमूना परीक्षणका क्रममा कोरोना भाइरसको सङ्क्रमण नभएको पुष्टि भएपछि घरसम्म ल्याउन सवारी साधन पठाइएको नगरप्रमुख इवन राईले बताउनुभयो । टाँडीको क्वारेन्टाइनमा १७ दिन बसेर घर फर्कनेमा वडा नम्बर–८ धितुङका ६ जना, वडा नम्बर–४ बडहरेका ६, वडा नम्बर–५ दुर्छिमका तीन र वडा नम्बर–६ मङ्गलटारका तीन जना रहेका छन् ।
ज्याला मजदुरीको काम गरेर फर्कनेक्रममा बाटैमा क्वारेन्टाइनमा राखिएका उनीहरुलाई अन्यको सम्पर्कमा पुग्न नदिई सिधै होम क्वारेन्टाइनमा पु¥याउने व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
अहिलेसम्म खोटाङमा क्वारेन्टाइन बस्नेको सङ्ख्या २४ जना पुगेको छ । धेरै मानिस होम क्वारेन्टाइनमा बसेका छन् ।
जिल्लामा १० स्थानीय तह रहेका मा ३०४ शैय्याको क्वारेन्टाइन र १३ शैय्याको आइसोलेसन वार्ड निर्माण गरिएको छ । स्थानीय तहले आ–आफ्नो क्षेत्रमा निर्माण गरेका क्वारेन्टाइन तथा आइसोलेसन वार्ड हाल खाली नै रहेको पाइएको छ । ००००००

Share.

Leave A Reply