भोलि विहान ८ वजे राष्ट्रिय गान गाउन र ताली बजाउन प्रधानमन्त्री ओलीको आह्वान

0

विर्तामोड, ३० चैत ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गर्नु भएको छ ।
यो संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रम हो, जसमा प्रधानमन्त्री ओलीले पनि समर्थन गर्नु भएको हो । ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको हो । त्यसपछि सबैले एकसाथ ताली बजाउनुपर्ने आह्वान छ ।

 

प्रधानमन्त्री ओलीले पनि यो अभियान आफूलाई राम्रो लागेको भन्दै सहभागी हुन आह्वान गर्नु भएको छ । उहाँले ट्वीट गर्दै भन्नु भएको छ, ‘ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो । यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’ ०००००

Share.

Leave A Reply