प्रधानमन्त्री ओलीका विरोधीलाई खुल्ला चेतावनी

0

‘कमरेड, भुइँको टिप्दा गोजिको खस्ला है’  : युवा नेता गिरी

विर्तामोड, १५ बैशाख ।

कमरेड प्रधानमन्त्री तपाईंहरू पनि भएकै हो । तपाईंहरूको पनि सरकार चलाउने ताल तरिका देखेकै हो । सानासाना कुराको सामना गर्ने विवेक नभएर आवेगमा सरकार छोड्नु भयो । तपाईंहरू कुन ब्रान्डको हो, भन्ने देश जनताले राम्रो टेस्ट लिएका छन् । आफ्ना नातागोता र आसेपासेहरुले नियुक्त पाएनन् भनेर, यो बेला सरकार परिवर्तनका हल्ला गरेर, जनतासंग पार्टीको दुरि बढाउने काम नगरौं । भोलि क. चित्र बहादुर के. सि. र क. सि. पि. मैनालीले नेतृत्व गरेको पार्टी जस्तो बन्ला, जनता नयाँ टेस्टको खोजिमा छन् ।, सधै नेकपालाई नै माया गर्छन् भन्ने भ्रमबाट मुक्त हौं ।

 

https://www.facebook.com/shova.giri.9081

 

अवसर र मौका पाउँदा राडो रुवाइ नगरौं । तपाईंहरूको पनि धरातल गतिलो छैन । २०६४, २०७० र २०७४ को निर्वाचनमा तपाईंहरू उठेको क्षेत्रबाट कसरी जनताले चिलिम फर्काए जनता कसैको हुँदैनन् । काहिँ समस्या छ, भने समस्या सगै समाधान पनि सँगै हुन्छ पहिचान गरौ ं ।
अहिलेको समस्याको समाधान सरकार परिवर्तन होइन । कहिलेकाही सार्वजनिक कार्यक्रममा जुत्ता चप्पलका झटारो, गाला रातो हुने गरि झापड खाएको घटनाहरु आलै छन् । भोलि सरकार परिवर्तन पछाडि बन्ने सरकारले अहिलेको गतिलाई समाउन सकेन भने,आगामी निर्वाचनमा के मुख लिएर जनताको बिचमा जाने जनतामा निरासाजनक स्थिति सिर्जना भयो भने धेरै नेता नेतृत्वले सार्वजनिक कार्यक्रममा, जुत्ता चप्पलको झटारो पाउने स्थिति सिर्जना हुन सक्छ। विवेक प्रयोग गरिबक्सियोस् । कमरेड तपाईंको यस्तै पाराले आफ्नै सुरुक्षाको निम्ति गार्ड बसेका सुरुक्षाकर्मीबाट नै असुरक्षित हुने दिन नआउला भन्न सकिदैन । ००००००

Share.

Leave A Reply