चित्रमा कोभिड १९

0

मायामितु ।

यतिबेला विश्वभर कोरोना भाइरसले जनजीवन कष्टकर बन्दै गएको छ । यहाँ पनि यही भाइरसका कारण लकडाउन छ । लकडाउनमा सबै घर भित्रै छन् । घरभित्र यसरी कतिदिन बिताउने भनेर कतिजनाले चिन्ता व्यक्त गरिरहेका छन् । लकडाउनमा आ आफनै तरिकाले सदुपयोग गरिरहेका छन् । कोही करेसाबारीमा, कोही लेखपढमा, कोही चलचित्र हेरिरहेका छन् । कोही सामाजिक सञ्जालमै पनि पक्ष विपक्षमा वादविवाद पनि गरिरहेका छन् । यसैबीच कवि कलाकारहरुले पनि यसको सदुपयोग भरमग्दुर गर्ने कोशिष गरिरहेका छन् । विश्वभर माहामारीको रुपमा रहेको भाइरसले मस्तिष्कमा नयाँ कुरा खेल्न नसकेको बताइ रहेपनि कहि न कहि सिर्जनकर्ममा लागि रहेका छन् । केही कविहरु फेसबुक लाइभ मार्फत कविचा वाचनमामा आइरहेका छन् । यस्तै चित्रकारहरु पनि आफनो चित्रकला मार्फत लकडाउनका सदुपयोग गरिरहेका छन् ।

केही समय अघि कलाकार तिर्थ निरौलाले फेसबुकमा एउटा चित्र पोष्ट गरे । जुन चित्र कोरोना भाइरससंग सम्बन्धित रहेको छ । विश्व आज कोरोना भाइरसको संक्रमणबाट गुज्रिरहेको बेला सोही विषयसंग सम्बन्धित रहेर कला प्रस्तुत गरेका छन् । स्वाभाविक पनि हो । समय, परिस्थिति अनुसार आफ्नो कला प्रस्तुत गर्नु । सफल कलाकारले गर्ने नै हो । उनले पनि अहिलेको यही अवश्थाको तस्वीर चित्रमा उर्ताने प्रयास गरेका छन् । चित्रमा एक महिला मास्क लगाएको देख्न सकिन्छ । अहिले सबै सबै घरभित्र थुनिएको अवश्था देखिएको डर र त्रास प्रस्तुत चित्रले प्रस्तुत गरेको छ । चित्रको नाम पनि दिएका छन् कोभिड १९ । शिर्षकले पनि अनुमान गर्न सकिन्छ । अहिलेको मानवीय मनस्थिति चित्रमा देखाउने कोशिष गरिएको छ ।

जन्मभूमि धरान भएपनि काठमाण्डौलाई कर्मभूमि बनाएका उनी एक स्थापित कलाकार हुन । तीन दशकदेखि निरन्तर कला साधनामा लागेका उनले देश तथा विदेशमा दर्जनौ कला प्रदर्शनी गरिसकेका छन् । उनको चित्र प्राय अर्ध अमूर्त र अमूर्तमा केन्द्रित पाइन्छ । आकृतिमूलक उनका चित्रहरुले समय, परिस्थितिको प्रतिनिधित्व गरेको देख्न सकिन्छ । अर्मूत चित्रमा पनि उस्तै विम्बहरु भेटिन्छ । कलाका विविध माध्यमहरुलाई चित्रमा प्रयोग गर्ने उनको कलामा विशेषत् टेक्चर ईफेक्ट, रंगको संयोजन, रेखामा लयता र विषयवस्तुको प्रभावतालाई जोड दिएको देखिन्छ ।

यति मात्रै होइन उनी एउटा राम्रो कला समीक्षक पनि हुन । कला समीक्षामा पनि उनको निरन्तर उतिकै कलम चलिरहेको छ । कला क्षेत्रको विकासमा निरन्तर लागिरहेका उनको नजरमा हिजोको दिन भन्दा आज कला क्षेत्रमा केही आशा गर्न सकिने संकेत देखा परेको छ । पहिले नगण्य मात्र थिए तर अहिले यो क्षेत्रमा नयाँ पुस्ता आएका छन् । नवीनतम सोचका साथ आएका छन् ।

Share.

Leave A Reply