भक्तपुर केन्द्रविन्दु ३.४ म्याग्निच्युडको भूकम्प

0

विर्तामोड, ८ जेठ ।


काठमाडौं उपत्यकामा आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहान सवा ८ बजे भूकम्प गएको हो ।

भक्तपुर केन्द्रविन्दु भएर ३ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का भक्तपुरसहित आसपासका क्षेत्रमा महसुस भएको थियो ।

उता दार्चुला केन्द्रविन्दु भएर बिहीबार भूकम्प गएको छ । आज बिहान २ बजेर ४१ मिनेट जाँदा ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Share.

Leave A Reply