झापामा मेची अस्पताल भद्रपुर : कोरोना अस्पताल, साविक जनस्वास्थ्य कार्यालयको भद्रपुरमा रहेको तालिम हल : पीसीआर प्रयोगशाला

0

विर्तामोड, १० जेठ ।

कोरोना संक्रमित विरामीका लागि झापामा मेची अस्पताल भद्रपुरको नवनिर्मित भवनलाई कोरोना अस्पतालका रुपमा विकास गरिने भएको छ । आज भएको सरोकारवालाहरुको छलफलले मेची अस्पताल भद्रपुरको नवनिर्मित भवनलाई कोरोना अस्पताल बनाउने टुङ्गो लगाएको हो ।
अन्य विकल्पमा छलफल भए पनि अन्तिममा भद्रपुरको मेची अञ्चल अस्पतालको भवन उपयुक्त हुने निष्कर्ष निकालिएको प्रदेश सभा सांसद बसन्त बानियाँले जानकारी दिनुभयो । सांसद बानियाँका अनुसार १ सय बेड क्षमताको अस्पताल निर्माण गरिने छ ।


कोरोना अस्पतालका लागि चाहिने आवश्यक जनशक्ति र उपकरण प्रदेश सरकारमार्फत प्राप्त हुने सांसद बानियाँले बताउनुभयो । केही जनशक्तिको व्यवस्थापन भइसकेको छ । कोरोना अस्पतालसँगै पीसीआर प्रयोगशालाको पनि टुङ्गो लागेको सांसद बानियाँले जानकारी दिनुभयो । साविक जनस्वास्थ्य कार्यालयको भद्रपुरमा रहेको तालिम हलमा पीसीआर प्रयोगशाला सञ्चालन हुनेछ ।
प्रदेश सरकारले झापामा एउटा कोभिड अस्पताल र पीसीआर प्रयोगशाला निर्माण गर्ने निर्णय गरेपछि सरोकारवालाहरु छलफलमा जुटेका थिए ।
कोभिड अस्पतालका लागि कलबलगुडी प्रशिक्षण केन्द्र, मेची अञ्चल अस्पतालको नयाँ भवन र चन्द्रगढीको खाद्य गोदामलाई सम्भाव्य स्थानका रुपमा अध्ययन गरिएको थियो ।
अहिलेसम्म झापामा ३६ जनामा कोरोना संक्रमण भइसकेको छ । जसमध्ये ३३ जना कचनकबल गाउँपालिकाका छन् । बाह्रदशी गाउँपालिका र दमक नगरपालिकाका एक एक जना निको भएर घर फर्किसकेका छन् । ००००००

Share.

Leave A Reply