थप ७ जनामा कोरोनाको भाइरस संक्रमण पुष्टि, नेपालमा कुल ५ सय ९१ संक्रमित

0

विर्तामोड, १० जेठ ।

थप ७ जनामा कोरोनाको भाइरस संक्रमण पुष्टि भएको छ । आज साँझ थपिएका सात जना सहित आज मात्रै कोरोना संक्रमितको ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दिउँसो ३६ जना र बिहान ३२ जनामा संक्रमण पुष्टि भएको जनाएको थियो । आज साँझ जनस्वास्थ्य प्रयोगशाला भैरहवाको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएका छन।

रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हुन । यो सहित नेपालमा अब कोरोना संक्रमित पुष्टि हुनेको संख्या ५ सय ९१ जना पुगेका छन् । ००००००

Share.

Leave A Reply