शीर्ष स्थानमा वायर्नलाई ४ अंकको अग्रता

0

विर्तामोड, ११ जेठ ।


कोरोना भाईरसको महामारीबीच जारी जर्मन बुन्डेस लिगा फुटबलमावायर्न म्युनिखले सहज जित निकालेको छ । गए  राति भएको खेलमा वायर्नले फ्रान्कफर्टलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।घरेलु मैदानमा वायर्नलाई जित दिलाउन लियोन गोर्टेज्का, थोमस मुलर, रोबर्टो लेवान्डोस्की र अल्फान्सो डेभिसले एक एक गोल गरे । वायर्नले एक आत्मघाती गोलको उपहार पाएको थियो ।

फ्रान्कफर्टका दुवै गोल मार्टिन हिन्टरगरले फर्काए । खेलको १७ औं मिनेटमा गोर्टेज्काले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा मुलरले गोल गर्दा पहिलो हाफमा घरेलु टोली २–० ले अघि रह्यो ।

दोस्रो हाफमा दुवै टोलीबाट गोलको वर्षा हुँदा खेल रोमान्चक बन्यो । खेलको ४६ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नको अग्रता तेब्बर बनाए ।

५२ औं मिनेटमा फ्रान्कफर्टका मार्टिनले गोल गर्दा खेल ३–१ को अवस्थामा पुग्यो । त्यसको तीन मिनेट पछि मार्टिनले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्कफर्टले खेल ३–२ को स्थितिमा ल्यायो ।

तर, खेलको ६१ औं मिनेटमा डेभिसले गोल गर्दा वायर्न ४–२ ले अघि रह्यो । त्यसपछि खेलको ७४ औं मिनेटमा मार्टिनले आत्मघाती गोल गर्दा वायर्न ५–२ ले विजयी भयो ।

कोरोनाको महामारीको कारण स्थगित लिग सुचारुपछि वायर्नको यो लगातार दोस्रो जित हो । यस अघि वायर्नलेले युनियन बर्लीनलाई २–० ले हराएको थियो ।

जितसँगै वायर्नले लिगको शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । वायर्नले २७ खेलबाट ६१ अंक जोडेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डको ५७ अंक रहेको छ । फ्रान्कफर्ट २८ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

Share.

Leave A Reply