संघीय सरकारको बजेट प्रस्तुत हुन अब ४ दिन मात्रै बाँकी

0

विर्तामोड, ११ जेठ ।

संविधानमा उल्लेख भए बमोजिम संघीय सरकारको बजेट प्रस्तुत हुन अब ४ दिन मात्रै बाँकी छ । कोभिड–१९ ले आक्रान्त परेको विषम परिस्थितिको आगामी आर्थिक वर्षको बजेट अघिल्ला आर्थिक वर्षकोभन्दा फरक हुनुपर्ने धारणा विभिन्न क्षेत्र, तह र तप्काबाट आइरहेका छन् । सांसददेखि अर्थविद्सम्मले ठूलो आकारको नभइ हालको अवस्थाको सम्बोधन हुने र रोजगारी पनि सिर्जना गर्ने बजेट अहिलेको आवश्यकता भएको अर्थमन्त्री डा. युवराज खतिवडालाई सुझाव दिइरहेका छन् ।
निजी क्षेत्रदेखि संघीय सरकारको अर्थ समितिलेसम्म कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशत राहत प्याकेज सहितको बजेट ल्याउनुपर्ने माग सरकार समक्ष राखिसकेको छ । अर्थमन्त्रीलाई कसैले कोरोनाले लथालिंग बनाएको अर्थतन्त्रलाई उकास्न ठूलो आकारको बजेट ल्याउन सुझाव दिएका छन् भने कसैले आफ्नो स्रोत र साधनले धान्न सक्ने ठिक्क आकारको बजेट ल्याउन सुझाएका छन् ।
जसले जे जे सुझाव दिए पनि आगामी आर्थिक वर्षको बजेट भनेको १६ देखि १७ खर्बबीचमा हुनुपर्ने अर्को एकथरिको धारणा छ । सो आकारको बजेट नआए कोभिड–१९ ले संकटमा धकेलिएको हामी र हाम्रो अर्थतन्त्र माथि उठ्न सक्दैन भन्दै आएका छन् । अर्थतन्त्रको ढुकुटीको साँचो बोकेका अर्थमन्त्रीले भने बजेट स्रोत र खर्च गर्न सक्ने क्षमतालाई हेरेर बजेट ल्याउनु उपयुक्त हुने अर्को पक्षको भनाइ छ ।
अर्थमन्त्रीले भने राज्यले लिएका नीति तथा कार्यक्रम, कोरोनाका कारण संकटमा परेको अर्थतन्त्रलाई उकास्नुका साथै स्वदेशमा बढ्दै गएको रोजगारी अझ थपिन सक्ने बेरोजगारीलाई न्यूनीकरण गर्न सक्ने गरी बजेट ल्याउन आवश्यक देखिन्छ । यद्यपि अर्थ मन्त्रालयले भने आगामी आर्थिक वर्षको बजेट १७ खर्ब कै हाराहारीमा ल्याउने तयारी गरिरहेको छ । ००००००

Share.

Leave A Reply