ईद पर्वको सार्वजनिक बिदा भोलि

0

विर्तामोड, ११ जेठ ।

सरकारले मुस्लिम समुदायले मनाउने ईद पर्वको सार्वजनिक बिदा सच्याएको छ । सो पर्वको अवसरमा आज दिने भनिएको सार्वजनिक बिदा चन्द्रमा नदेखिएका कारण सोमबार (भोलि) का लागि सारिएको हो ।
गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल र दक्षिण एसियाभरबाट जेठ १० गते चन्द्रमा नदेखिएको र उक्त पर्व १२ गते मनाउने निर्णय भई सोही अनुसारको अनुरोध आएकोले विदा सारिएको जनाएको छ । यसअघि जेठ ११ गते आइतबार अर्थात् आज ईदको सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको थियो । सोही निर्णय अनुसार गृह मन्त्रालयले सूचना निकालेर ११ गते सार्वजनिक विदा दिइएको जानकारी गराएको थियो । ००००००

Share.

Leave A Reply