कन्चटमा गोली लागेको अवस्थामा असई विष्णु कार्की मृत फेला

0

विर्तामोड, ११ जेठ ।

प्रहरी बिट, स्वयम्भूका प्रहरी सहायक निरीक्षक (असई) विष्णु कार्की मृत फेला परेका छन् । आज बिहान सुतेकै ठाउँमा उनी मृत भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी राजकुमार केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार असई कार्कीको कन्चटमा गोली लागेको छ । प्रारम्भिक अनुसन्धानमा असई कार्कीले आफैंले गोली हानेको हुनसक्ने देखिएको उहाँले बताउनुभयो । थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ । ०००००

Share.

Leave A Reply