कोरोना भाइरसको सङ्क्रमण बढिरहेकै बेला भारतले लकडाउन खुकुलो बनाउने

0

विर्तामोड, १८ जेठ ।

कोरोना भाइरसको सङ्क्रमण र ज्यान गुमाउने संख्या बढिरहेकै बेला भारतले लकडाउन केही खुकुलो बनाउने निर्णय गरेको छ ।
भारत सरकारले भोलिदेखि रेस्टुरेण्ट, होटल, सपिङ्ग सेन्टर र पूजा गर्ने ठाउँहरूलाई खुला गर्न अनुमति दिने भएको छ । लकडाउन हटाउने तीन चरणको योजनाको पहिलो चरणमा धेरै क्षेत्रहरूमा पुनः खोल्न अनुमति दिएको बीबीसीले जनाएको छ ।
यस्तै जुलाई महिना अर्थात् एक महिनापछि बिद्यालय तथा कलेजहरुमा पढाइ शुरु गर्ने पनि तयारी गरेको खबरमा उल्लेख छ । लकडाउनलाई खुकुलो बनाउने बताए पनि भारतमा सङ्क्रमण निकै बढेको छ ।
आज बिहानसम्म भारतमा एक लाख ८१ हजार आठ सय भन्दा धेरैमा सङ्क्रमण भएको छ भने पाँच हजार एक सय ८५ जनाको ज्यान गएको छ । भारतमा गएको २४ घण्टामा मात्र आठ हजार तीन सय भन्दा धेरै नयाँ बिरामी थपिएका छन् । ००००००

Share.

Leave A Reply