जर्ज फ्लोयड मृत्यु, लिभरपुलका खेलाडीले घुँडा टेकेर विरोध जनाए

0

विर्तामोड, २० जेठ ।

अमेरिकी नागरिक जर्ज फ्लोयड हत्या प्रकरणमा इंग्लिस क्लब लिभरपुलका खेलाडीहरूले विरोध जनाएका छन् । लिभरपुलका खेलाडीले फ्लोयडले न्याय पाउनुपर्ने भन्दै विरोध जनाएका हुन् । एनफिल्डको मध्ये भागमा गोलो घेरा बनाएर घुँडा टेकेर खेलाडीले विरोध जनाएका छन् ।
यसअघि जर्मन क्लब बोरुसिया डर्टमण्डका जाडोन सान्चो, अच्राफ हाकिमी र बोरुसियाका मार्कोस थुरामले विरोध जनाएका थिए ।
अमेरिकाको मिनियापोलिस शहरमा गत सोमबार प्रहरीको नियन्त्रणमा रहेको बेला फ्लोयडको मृत्यु भएको थियो ।
प्रहरी अधिकारीले भुइमा लडेका ४६ वर्षीय फ्लोयडको घाँटीमा घुँडाले ९ मिनेटसम्म थिचेपछि मृत्यु भएको थियो ।
काला जातिका पुरूषलाई प्रहरी अधिकारीले घाँटी थिचेर मारेको भन्दै अहिले विश्वभर विरोध भइरहेको छ । अमेरिकामा आन्दोलन चर्किएको छ । ०००००००

Share.

Leave A Reply