निर्सग आँधीका कारण भारतका ४७ गाउँ खाली गराइयो, रेलसेवा बन्द

0

विर्तामोड, २१ जेठ ।

दक्षिण पूर्वी अरब सागरमा विकास भएको निसर्ग नामको आँधी महाराष्ट्रको तटीय क्षेत्रमा आइपुगेको छ । भारतको मौसम विभागले आँधी एक सय २० किलोमिटर प्रतिघण्टाको गतिमा रहेको र केही समयमा मुम्बइ र गुजरातको धेरैजसो इलाकामा पुग्ने चेतावनी दिएको छ ।

आँधी प्रभावित क्षेत्रमा अहिले सडक तथा रेल यातायात बन्द गरिएको छ । बढी प्रभाव पार्ने अनुमान गरिएका गुजरातका ४७ वटा गाउँ खाली गराइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मुम्बइ र गुजरातमा हावाहुरी सहित मुसल्धारे पानी पर्ने चेतावनी दिएको छ । सम्भावित प्रभावित क्षेत्र खाली गराउनुको साथै उदारकर्मी तथा सुरक्षाकर्मीहरु खटाइएको छ ।

आज बेलुका आठ बजेसम्म आँधीसहित वर्षाको सम्भावना रहेकोले त्यसबेलासम्म सचेत रहन भनिएको छ । ००००००

Share.

Leave A Reply