एन्फाले गण्डकी प्रदेशमा बहुउद्धेश्यीय फुटबल ट्रेनिङ सेन्टर बनाउने

0

विर्तामोड, २१ जेठ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले गण्डकी प्रदेशको पोखरामा बहुउद्धेश्यीय फुटबल ट्रेनिङ सेन्टर बनाउने भएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को सहयोगमा एन्फाले पोखराको माछापुच्छ्रे गाउँपालिकास्थित भेन्डाबारीमा बहुउद्धेश्यीय फुटबल ट्रेनिङ सेन्टर बनाउने भएको हो ।
एन्फाले ट्रेनिङ सेन्टर निर्माणका लागि नयाँ आर्थिक बर्षमा १७ करोड ५५ लाख रुपैयाँको बजेट समेत छुट्याएको छ ।
सोमबार बसेको कार्यसमिति बैठकले ट्रेनिङ सेन्टर निर्माणका लागि करिब साढे १७ करोड रुपैयाँको बजेट पारित गर्ने निर्णय गरेको हो ।
‘परियोजनाको पहिलो चरणको बजेटमात्र पारित भएको छ ।’ एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भन्नुभयो, ‘सबै काम सकिएको छ । अब नयाँ आर्थिक बर्षबाट निर्माणको टेण्डर प्रक्रिया अघि बढ्छ ।’
करिब २ सय ५२ रोपनी जग्गा निर्माण हुने फुटबल ट्रेनिङ सेन्टरका लागि गाउँपालिकाले जग्गा उपलब्ध गराएको हो । ट्रेनिङ सेन्टर निर्माणको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) अनुसार करिब ३५ जनासम्म राख्ने मिल्ने चार बेग्ला बेग्लै होस्टेल निर्माण गरिनेछ ।
’ड्रिम प्रोजेक्ट’को रुपमा निर्माण गर्न लागेको ट्रेनिङ सेन्टरमा राष्ट्रिय फुटबल टिम, रेफ्री, प्रशिक्षक तथा विभिन्न उमेर समुहको अभ्यास तथा ट्रेनिङहरु सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
एन्फाले तयार पारेको डीपीआर अनुसार ट्रेनिङ सेन्टरभित्र ५ हजार दर्शक क्षमता सहितको तीन प्राकृतिक मैदान बन्नेछन् ।

परियोजना अन्तर्गत दुई प्राकृतिक (आर्टिफिसियल) मैदान, दुई बालुवाको मैदान सहित स्विमिङ पुल, रेष्टुरेन्ट, पुस्तकालय, जिमहल र एक अन्तराष्ट्रिय मापदण्डको कन्फरेन्स हल समेत निर्माण गरिनेछ । फाले तीन चरणको परियोजना निर्माणको काम सक्न एन्फालाई निर्देशन दिएको छ । ’०००००००

Share.

Leave A Reply