श्रीलंकाली क्रिकेटरमाथि म्याच फिक्सिङको अनुसन्धान

0

विर्तामोड, २२ जेठ ।

श्रीलंकाका खेलकुद मन्त्री दुलास अलाहापेरुमाले आफ्नो देशका तीन क्रिकेटरमाथि म्याच फिक्सिङको अनुसन्धान चलिरहेको बताउनु भएको छ ।
उहाले अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले श्रीलंकाली खेलाडीमाथि आईसीसीको टोलीले अनुसन्धान गरिरहेको बताउनुभयो ।
‘हामीलाई निकै दुख छ । खेलमा अनुशासन र चरित्र निकै तल झरिसकेको छ ।’ उहाले भन्नु भएको छ ।
तर श्रीलंका क्रिकेट (एसएलसी)ले वर्तमान टिमका कुनैपनि खेलाडी आईसीसीको अनुसन्धान नपरेको स्पष्ट पारेको छ ।
खेलकुद मन्त्री अलाहापेरुमाले पछिल्लो हप्ता ड्रग्स सहित पक्राउ परेका बलर शेहान मदुशंकाको बिषयमा समेत बोल्नु भएको छ ।
‘यो निकै दुखद छ । देशले समेत उसबाट निकै आश गरेको थियो ।’ उहाले भन्नु भएको छ ।  मदुशंकालाई श्रीलंकाको प्रहरीले पछिल्लो हप्ता हेरोइन राखेको आरोपमा पक्राउ गरेर हिरासतमा लिएको छ । श्रीलंका क्रिकेटले उनीसंगको अनुबन्धन सम्झौतालाई निलम्बित गरिदिएको छ । ०००००००

Share.

Leave A Reply