अपराध विरुद्ध नबोल्नु हिंसा जस्तै खतरनाक ः जिमी कार्टर

0

विर्तामोड, २२ जेठ ।

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरले जर्ज फ्लोइडको मृत्युपछि भएको प्रदर्शनका सम्बन्धमा वक्तव्य जारी गरेर अपराध विरुद्ध नबोल्नु हिंसा जस्तै खतरनाक हुने चेतावनी दिनु भएको छ ।

जीवित अमेरिकी पूर्व राष्ट्रपतिहरु बिल क्लिन्टन, जर्ज डब्लु बुस र बाराक ओबामा भन्दा कार्टर सबैभन्दा पाको उमेरका हुन् । कार्टरले सत्तामा रहेका व्यक्ति चुप बस्नु हिंसा भन्दा पनि खतरनाक हुने बताउनु भएको हो ।
कार्टरले भन्नु भएको छ, ‘सत्ता र शक्तिमा रहेका व्यक्तिहरु, विशेष अधिकारी प्राप्त तथा नैतिक विवेक भएका व्यक्तिहरु बोल्नै पर्छ, उनीहरुले आवाज उठाउनुको विकल्प छैन । उनीहरुले छालाको रंगको आधारमा विदेश गर्ने प्रहरी प्रशासन र न्याय प्रशासन अस्वीकार्य भन्नु पर्छ ।’
श्वेत र अश्वेतबिच रहँदै आएको आर्थिक खाडललाई अनैतिक भन्दै कार्टरले त्यसलाई नै बढावा दिने खालको सरकारी प्रणालीले अमेरिकी एकीकृत प्रजातन्त्रलाई छायामा पारेको बताउनुभयो ।

उहाले भन्नुभयो, ‘मानिसलाई अमानवीयकरण गरिनुले हामी सबैलाई अवमुल्यन गर्छ, मानवीयता अति सुन्दर छ र यसमा असीमित विविधता छ । हाम्रो साझा मानवीयताको बन्धनले हामीलाई विभाजन गरिरहेको भय र पूर्वाग्रहलाई तोड्न सक्नु पर्छ ।’
आफू र आउने पुस्ताका लागि शान्तिपूर्ण तथा समानताले सजिएको विश्व बनाउने जिम्मा हामी सबैको रहेको अमेरिकी पूर्व राष्ट्रपति कार्टरले बताउनु भएको छ ।

Share.

Leave A Reply