खेलकुदमन्त्रीले एन्फाबाट पैसा लिएको सांसद यादवको आरोप

0

विर्तामोड, २३ जेठ ।

पर्साका सांसद प्रदीप यादवले खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले अखिल नेपाल फुटबल संघ (एन्फा)बाट पैसा खाएको गम्भीर आरोप लगाउनु भएको छ ।

आर्थिक वर्ष २०७७÷७८ को बजेटमाथिको छलफलमा आज प्रतिनिधि सभामा बोल्दै सांसद यादवले यस्तो आरोप लगाउनु भएको हो ।

सांसद यादवले यस्तो आरोप लगाइरहँदा मन्त्री विश्वकर्मा पनि संसदमै उपस्थित हुनुहुन्थ्यो । समाजवादी पार्टीका सांसद यादवले एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले केही दिनअघि एउटा वेबपोर्टललाई दिएको विवादित अन्तरवार्ताप्रति कटाक्ष गर्दै खेलकुद मन्त्रीले शेर्पासँग १७ करोड रुपैयाँ लिएको आरोप लगाउनुभयो ।
‘मैले के सुनिरहेको छु भने माननीय खेलकुदमन्त्रीले एन्फासँग १७ करोड रुपैयाँ लिनुभएको छ,’ संसद बैठकमा समय लिएर बोल्ने क्रममा यादवले भननुभयोे, ‘केही दिनअघि एन्फा अध्यक्ष कर्मा शेर्पाले मधेसीलाई राष्ट्रियता आउँदैन भन्नुभएको छ । उहाँले कसको ताकतमा हामीलाई राष्ट्रियता सिकाएको ? पक्कै पनि खेलकुदमन्त्रीको ताकतमा भन्नुभएको होला ।’
सांसद यादवले तराई क्षेत्रको १३ सय किलोमिटर सीमाको रक्षाका लागि मधेशीले बिना बर्दीको सिपाहीको रुपमा खटिएको भन्दै आफूहरुलाई हेपेको र होच्याइएको आरोप लगाउनुभयो । एन्फा अध्यक्ष शेर्पाले बुधबार बिज्ञप्ति जारी गरी आफ्नो अभिव्यक्तिका लागि माफी माग्नु भएको थियो । ००००००

Share.

Leave A Reply