यूएईबाट काठमाडौं ल्याइएका १६९ जना मध्ये सबैभन्दा बढी प्रदेश १ का नागरिक

0

विर्तामोड, २३ जेठ ।

पहिलो दिन विदेशबाट ल्याइएका नागरिक, विमानस्थलका केही दृष्य

यूएईबाट आज काठमाडौं ल्याइएको १६९ जना मध्ये सबैभन्दा बढी प्रदेश १ का नागरिक रहेका छन् ।उद्धार र व्यवस्थापनको कार्यमा खटिइरहेको क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का अनुसार प्रदेश नं. १ का ४६ जना, २ का २३ जना र बागमतीका ३७ जनालाई काठमाडौं ल्याइएको छ । गण्डकी प्रदेशका २८ जना, प्रदेश नं. ५ का १८ जना, कर्णालीका ४ जना र सुदुर पश्चिम प्रदेशका १२ जना नागरिक छन् ।

पहिलो दिन विदेशबाट ल्याइएका नागरिक, विमानस्थलका केही दृष्य

उनीहरुमध्ये ६७ जना यूएईको इजादा फ्यासिलिटी म्यानेजमेन्ट, ७९ जना टान्स गार्ड सेक्युरिटी कम्पनी र ११ जना अन्यमा कार्यरत थिए । विमानस्थलमा अभिलेख संकलनपछि उनीहरुलाई प्रदेशगत रुपमा काठमाडौं, भक्तपुर र ललितपुरको होल्डिङ सेन्टरमा राखिएको छ । सीसीएमसीका अनुसार नेपाली सेनाको व्यवस्थापनमा काठमाडौंमा बागमती, गण्डकी र ५ नं. प्रदेश, भक्तपुरमा प्रदेश १ र २ तथा ललितपुरमा कर्णाली र सुदुर पश्चिम प्रदेशका नागरिकलाई राखिएको छ ।

पहिलो दिन विदेशबाट ल्याइएका नागरिक, विमानस्थलका केही दृष्य

पहिलो दिन विदेशबाट ल्याइएका नागरिक, विमानस्थलका केही दृष्य

पहिलो दिन विदेशबाट ल्याइएका नागरिक, विमानस्थलका केही दृष्य

पहिलो दिन विदेशबाट ल्याइएका नागरिक, विमानस्थलका केही दृष्य

पहिलो दिन विदेशबाट ल्याइएका नागरिक, विमानस्थलका केही दृष्य

सेन्टरमा विदेशबाट आएका नागरिकको व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका काम हुने छन् । त्यसपछि सम्बन्धित प्रदेशहरुको समन्वयमा त्यहीँ क्वारेन्टाइनमा राख्ने गरी पठाइनेछ । उनीहरुको क्वारेन्टाइन अवधि १४ दिनको हुनेछ । ०००००

Share.

Leave A Reply