भरतपुर अस्पतालको आइसोलेसनमा उपचारत युवकको मृत्यु

0

विर्तामोड, २४ जेठ ।


चितवनको भरतपुर अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका एक युवकको मृत्यु भएको छ । दुई साताअघि भारतबाट आएर माडी नगरपालिकाको क्वारेन्टाइनमा बसिरहेका २७ वर्षीय युवकलाई ज्वरो आएपछि उपचारका लागि हिजो भरतपुर अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालको आइसोलेसनमा भर्ना भएका युवकमा ज्वरो र स्वास फेर्न गाह्रो हुने समस्या देखिएपछि आइसियुमा सारिएको थियो। थप गाह्रो हुँदै गएपछि आज विहान भेन्टिलेटरमा राखिएपनि विहान साढे १० बजे मृत्यु भएको अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले जानकारी दिनुभयो ।

मृतकको स्वाब संकलन गरी कोरोना परीक्षण भइरहेको डाक्टर अधिकारीले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो । उहाका अनुसार ती युवकमा यसअघि प्यारालाइसिसको समस्या रहेको र त्यसैको उपचारका लागि भारतको दिल्ली गएका थिए । ०००००

Share.

Leave A Reply