जो बाइडेनले उम्मेरबारी दिने सुनिश्चित

0

विर्तामोड, २४ जेठ ।

Democratic presidential candidate former Vice President Joe Biden speaks during a campaign rally at Renaissance High School in Detroit, Monday, March 9, 2020. (AP Photo/Paul Sancya)

अमेरिकाको राष्ट्रपतिको आगामी कार्यकालका लागि डेमोक्याटिक पार्टीको तर्फबाट जो बाइडेनले उम्मेरबारी दिने सुनिश्चित भएको छ । यही बर्ष सन् २०२० को नोभेम्बरमा हुने निर्वाचनमा उहाँले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिनुपर्नेछ ।
कोरोनाको महामारी, आर्थिक चुनौती र नागरिक अशान्ति लगायतका विषयलाई उहाँले मुख्य एजेण्डाको रुपमा अगाडि सार्नुहुने जनाइएको छ । पूर्व उपराष्ट्रपति समेत रहनु भएका बाइडेनले आफ्नो पार्टीबाट उम्मेदबारी दिने निर्णय भएको हो । निर्णय भएपछि उहाँले भन्नुभएको छ, “हाम्रो पार्टीमा धेरै विद्धान तथा क्षमतावान उम्मेदवारहरु अरु धेरै हँुदा हँुदै पनि मलाई अवसर दिनुभएकोमा म सवैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”
उहाँले पार्टीको एकतासहित आफुहरु आउँदो आम निर्वाचनमा जान लागेकोमा आफुलाई गौरब महसुस भएको पनि बताउनु भएको छ । आफ्नो पार्टीबाट सहजै उम्मेदबार बन्न पाउने अवस्था आउनु उहाँका लागि सफल पक्ष भएको राजनीतिज्ञहरुले बताएका छन् । उहाँको पार्टीबाटै राष्ट्रपतिका लागि उम्मेदबार बन्न चाहेका कतिपय उम्मेदबारहरुले आफ्नो उम्मेदवारी अभियानलाई स्थगित गरेको घोषणा यसअघि नै गरिसकेका छन् ।
तत्कालिन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति भएकाले उहाँलाई अमेरिकामा अहिले पनि निकै लोकप्रिय मानिने गरेको छ । पछिल्लो समय बाइडेनलाई उम्मेदबार बनाउन पनि ओबामाले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । उहाँले आगामी चुनावी अभियानलाई थप प्रभावकारी बनाउने र नेतृत्वदायी भूमिका खेल्ने अपेक्षा गरिएको छ । ०००००

Share.

Leave A Reply