जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख उपाधितर्फ बढ्दै

0

विर्तामोड, २५ जेठ ।

जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले सहज जित निकालेको छ । साविक विजेता समेत रहेको बायर्नले गएराति बायार लेवरकुसनलाई ४–२ गोल अन्तरले पराजित गरेको हो । लेवरकुसनको मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर बायर्नले जित निकालेको हो ।
बायर्नको जितमा किङ्सले कोम्यान, लियोन गोर्टेज्का, सेर्गी गनाब्री र रोबर्टो लेवान्डोस्कीले एक एक गोल गरेका छन् ।


लेवरकुसनका लुकास अलारियो र फ्लोरियन वीट्जले एक एक गोल गरे ।
जितसँगै बायर्नले उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । कोरोना भाईरसको महामारीले स्थगित लिग सुचारुपछि बायर्नको यो लगातार चौंथो जित हो ।
बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डविरुद्ध १० अंकको अग्रता बनाएको छ । बायर्नले ३० खेलमा ७० अंक जोडेको छ । एक खेल कम खेलेको डर्टमण्डको ६० अंक रहेको छ । घरेलु मैदानमा बायर्नसँग पराजित लेवरकुसन ५६ अंकसहित पाँचौं स्थानमा रहेको छ । ००००००

Share.

Leave A Reply