के याे राेगकाे औषधि छैन, यस्तो उस्तो भन्नु पर्ने थियो प्रधानमन्त्रीले ?

0

अस्मिता थापा ।

नेपाल विविधताले भरिएको , हाम्रा महान पुर्खाहरुले कर्म भुमि बनाएको देश । बेद ब्याशको जन्म भुमि बाल्मिकी जस्ता महान रिसी मुनिको कर्म भुमि । हाम्रा महान पूर्वजहरु कठोर तपस्या,अनुसन्धान खोजबाट बिभिन्न आविष्कार गरेका छन । रामायण जब लक्ष्मण लाइ बाण लागेर बेहोस भए त्यो बेला हनुमान ले ल्याएको बुटी जसले लक्ष्मणलाइ जीवनदान दिएको थियो त्यो बेला न अहिले को एलोपेथि थियो न अहिलेका नाम चलेका र मपाई डाक्टर जो आफुलाई बिश्व कै महान जान्ने सम्झिने डाक्टर थिए त्यो बेला यी सबै आयुर्बेद का महान सर्जकहरु ले पत्ता लगाका थिए संजिवनी बुटी ।

अहिले जस्तो इन्जेक्सन र ट्याब्लेट प्रयोग गरिएको थिएन । एलोपेथी आउनु भन्दा अगाडी आयुर्बेद थियो होमियोप्याथिक थियो युनानी थियो यिनी हरु कै खोज लाइ परीक्रिस्त् गरेर एलोप्याथी आएको हो । अहिले हामि यस्तो भएका छौ हामीलाई हाम्रो शरीर को मतलब छैन हाम्रो भोलि को स्वास्थ्यको ख्याल छैन बस आज भए पुग्छ ।

हामीले आजभोलि विचार गरौ कुनै भोजमा जादा त्यहा रोटि पनि राखिएको छ र पानीपुरी पनि राखिएको छ भने अबश्य पनि पानीपुरीमा भिड देखिन्छ किन कि त्यो मिठो हुन्छ । अहिले हामि निकै व्यस्त हुन् लागेउ खाना बनाउनु भन्दा पाउरोटीमा जाम या बटर राखेर खादै हिड्छौ या घरमा हामीले चाउचाउ खोज्छौ किन कि हामीलाई मिठो र छिठो चाहिछ र हामीले यसलाई नै सबै थोक सम्झिन लागेका छौँ ।

हो औषधि पनि त्यहि हो हामीलाई टाउको दुख्यो मेडिकल गयो टाउको दुखेको औषधि किन्यो खायो ठिक पेट दुख्यो त्यसको ट्याब्लेट खायो ठिक हामीले यसलाई सबै भन्दा उत्तम भनेर मानेका छौ । जसले गर्दा हामिलाइ अरु प्राचिन खोज र बिज्ञान लाइ ध्यान दिन आबश्यक ठानेका छैनौ । अनि अरु पनि छन बिज्ञान खोज र उपचार पद्दी हामीले विर्सिएका छौ । हामीलाई भोज मा भएको पानीपुरी मात्र सबै चिज सम्झियाै जसले गर्दा रोटि बिर्सीयाै अनि कोहि आएर रोटिको बिषयमा कुरा गर्यो भने पाखे भनेर उडाउन लाग्छौ ।

 

अहिले भएको पनि त्यहि हो पानीपुरीमा अव्यस्थ भएको हामीलाई प्रधानमन्त्रिले रोटिको कुरा गर्दा त्यसलाई बिस्वाश गर्न सकेनौँ । प्रधानमन्त्रीले आयुर्बेदका कुरा गर्नु भयो हामीलाई थाहा छैन आयुर्बेद । हामि खोज्न पनि चाहादैनौँ किन भने हामीले एलोपेथि मात्र बिश्वाश गर्छौ । हामि नयाँ कुरा आयो भने बिस्वाश गर्दैनौँ अर्थात हामि परम्परावादी छौँ । आज प्रधानमन्त्रीले कोरोना लागे तुरुन्त अस्पताल लानु पर्छ आइसीयुमा राख्नु पर्छ सिटामोल खानु पर्छ एन्टीबायाेटिक खानु पर्छ हर्लिक्स अनि बट्टाको जुस खानु पर्छ भनिदिएको भए हामी सायद खुब तालि बजाउने थियाैँ ।

तर प्रधानमन्त्रीले कोरोना भए पनि नआतिनुस हाम्रा महान बैज्ञानिकले पत्ता लगाएको तुलसीको पत्ता बेसार अदुवा को रस तातो पानी खाएर पनि जित्न सकिन्छ नआतिनुस भनेर आत्मबल बढाउन खोज्दा उपहास र हासो गरिदै छ यसलाई ठुलो रुमा हेर्न आबश्यक छैन किन कि हामि नेपालीले नया कुरालाइ ग्रहण गर्न सक्दैन यो हाम्रो सस्कार जस्तै भएको छ । हाम्रो यहि समाज हो जसले महाकबि लक्ष्मी प्रसाद देबकोटाले उडी छुनु चन्द्र एक भनेर लेखे पछी पागल भनेर राची लैजाने हाम्रो समाजले केपी ओलीका कुरा कसरि स्विकारोस ।

कोरोनाको औषधि एलोपेथिले पत्ता लगाएको छैन खोज हुदै छ पत्ता लाग्ला । हामीले के बुझ्न पर्यो भने हामि सग आयुर्बेद पनि छ यहि माटो मा बनेको । पश्चिमा देशहरु हाम्रो बिज्ञान लगेर ठुलो फट्को मारेर अगाडी बढी सके हामि भने वाहा पश्चिमा भनेर बसेका छौ । आज सबै भन्दा बिकशित देश भनेर चिनिने अमेरिका युरोपको कोरोनाले ढाड भाचेको छ इटालीका प्रधानमत्री धुरु धुरु रोएको देखेकै हो ।

अरु पनि देशका शासकहरुको हालत खराब भएको देखेका छौ कति धेरै मृत्यु लाइ सहन पर्यो तर चिनमा सबै भन्दा पहिला देखियो कुनै तयारि समेत गर्न पाएका थिएनन तर पनि चिन मा मृत्यु दर किन कम भयो भनेर हामीले खोजेका छैनौ किन कि हाम्रो दिमागले पश्चिमा बाहेक अरु चिन्दैन चिनले चिनिया परम्परागत औषधिको प्रयोग गर्यो त्यहाका मानिसहरु परम्परागत चिनिया उपचारलाइ बिस्वास गर्छन त्यहा को मृत्यु दर किन कम भएको रहेछ एक पटक बिज्ञ हरु ले अध्यन र अनुशन्धान गर्ने कि ।

अनि पश्चिमा देश मा के लेखेको छ त्यो हेर्यो अनि धारणा बनायो बेसार एन्टीबयोतिक हो भन्ने हाम्रा चर्चित स्वास्थ्यका बिज्ञहरुलाइ थाहा नभएको नै हो र ? के ट्याब्लेट मात्र एन्टीबायोटिक हो ?मलाइ रुघा लाग्दा मेरो आमाले नानि ठिक हुन्छ भनेर अदुवा बेसार बनाएर दिनु हुन्थथियो मैले खान्थे ठिक हुन्थियो अहिले पनि रुघा लागे घरबाट आमाले फोनमा तातोपानी खा है भन्नु हुन्छ पेट दुखे बिरेनुन र ज्वानो खान भन्नु हुन्छ मैले खान्छु र निको हुन्छ| मेरो सानी भतिजी छन उनलाई रुघा लागि रहन्छ भाउजु ले नानी लाइ बेसार कागतीको रस चियापत्ती तुलसीपत्ता अदुवा को रस मह पानीमा मिसाएर खुवाउनु हुन्छ अनि ठिक हुन्छ । यो ठिक हो कि नाइँ ? यसलाई के भन्नु हुन्छ एलोप्याथिका महान बिज्ञले ?

अघिल्लो पटक प्रधानमत्रीले बेसार अदुवा जिरा लगायतको कुरा गर्दा धेरै मिडियाले बिज्ञको राय लिएर प्रधानमत्रीले भने को ठिक होइन भन्ने कोण बाट प्रस्तुस भए १० जना एलोप्याथिका बिज्ञको राय लिदा कम्तिमा १ जना आयुर्बेदको बिज्ञको राय लिदा के बिग्रिन्थियो तर लिएन किन कि यो नियतबस बनाएको हौवा थियो हेक्का होस् टिचिंग अस्पताल र बिर अस्पतालको बीचमा नरदेबी आयुर्बेद अस्पताल पनि छ जुन नेपाल सरकारको केन्द्रिय अस्पताल पनि हो र त्यहा पनि निकै विद्वान डाक्टर छन उनीहरु सग कसैले राय लिएको छ कसैले वास्ता गरेको छ सबै पानीपुरी तिर दौडिएका छन ।

बिरामीको आधा रोग उसलाई माया गरेर जित्न सकिन्छ बिरामीको आत्मबलले गर्दा कोरोना जित्न सकिन्छ यो एलोपेथिका बिज्ञले समेत स्विकरेको बिषय हो अनि कोरोना लागेको बिरामीलाइ हामीले कसरि आत्मबल बढाईदिने ? आज बिरामीको आत्मबल बढाउन के भन्नु पर्ने थियो ? के यो रोगको औषधि छैन यस्तो उस्तो भन्नु पर्ने थियो प्रधानमन्त्रीले ।

हो बिरामीले यो सामान्य हो रुघा जस्तै एक किसिम को भाइरस हो स्वास्थ्यकर्मीको निगरानीमा बसेर आत्मबल बढ़ाए यो रोग लागे केहि हुन् भन्ने सोचे धेरैलाइ आफै ठिक हुन्छ |हो प्रधानमन्त्रीले पनि त्यही भन्नु भएको हो कोरोना सग नडराउने तातोपानी बेसर पानी खाने आराम गर्ने गर्यो भने ठिक हुछ यदि यो गलत हो भने सहि के हो त् त्यो बताउनु पर्दैन ? ल बताउनुस के खायो भने ठिक हुन्छ ? परम्परागत औषधिहरुले पुरा निको नभए पनि कोरोना निको हुन् अबश्य सहयोग गर्छ ।

हामीले २ महिना अगाडीको मात्र सामाजिक संजाल को भिता हेरौ भने देख्छौ जो जो ले अहिले प्रधानमन्त्रीलाई बेसार पानी को मज्जाक बनाएका छन तिनीहरुले नै लेखेका छन् तातोपानि बेसार अदुवा पानी खाने नुन पानी ले कुल्ला गर्ने भनेर । धेरै पटक लेखेका छन यो नियत बस गरिएको हल्ला हो प्रधानमत्री को बिरुद्द गरिएको प्रायोजित हल्ला मात्र हो ।

(दैनिकीबाट सारिएको हाे ।)

Share.

Leave A Reply