इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीकोे पुनरागमन जित ।

0

विर्तामोड, ७ असार ।

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पुनरागमन जित निकालेको छ । एस्टनको मैदानमा आइतबार राति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको हो । दोसो हाफमा उत्कृष्ट पुनरागमन गर्दै चेल्सीले जित निकालेको हो ।
चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र ओलिभर जिरुडले एक एक गोल गरे । एस्टनका कोर्टनी हाउसेले एक गोल गरे । खेलको ४३ औं मिनेटमा कोर्टनीले गोल गर्दै एस्टनलाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफमा चेल्सीले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ६० औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ६२ औं मिनेटमा जिरुडले गोल गर्दै चेल्सीलाई २–१ को जित दिलाए । ०००००००

Share.

Leave A Reply