स्पेनिस ला लिगामा रियल मड्रिड लिग तालिकाको शीर्ष स्थानमा

0

विर्तामोड, ८ असार ।

स्पेनिस ला लिगामा रियल मड्रिड लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आज विहान भएको खेलमा रियल सोसीयडाडलाई २–१ गोल अन्तरले पराजित गदै मड्रिड शीर्ष स्थानमा उक्लिएको हो ।
उसकोे जितमा करिम बेन्जिमा र सर्जियो रामोसले एक एक गोल गरेका थिए । त्यस्तै सोसीयडाडका लािग एक गोल भने मिकेल मेरिनोले फर्काएका थिए । पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा खेलको ५०औ मिनेटमा रामोसले पेनाल्टी मार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । त्यसपछि बेन्जिमाले खेलको ७०औ मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर पारेका थिए ।
त्यसको दुई मिनेटपछि नै सोसीयडाडका अद्नान जानुजाजले गरेको गोल भारले अस्वीकृत भएको थियो । भारको यो विवादस्पद निर्णयको फाइदा रियल मड्रिडलाई भएको छ । रियलको यो जितसँगै लिगमा बार्सिलोनासँग अंक बराबरी गर्दै शीर्ष स्थानमा उक्लिएको छ । अब ३० खेलमा रियल मड्रिड र बार्सिलोनाको बराबर ६५ अंक भएको छ । त्यस्तै रियल सोसियडाडको भने ३० खेलमा ४७ अंक छ भने लिगको छैठौं स्थानमा रहेको छ । ००००००

Share.

Leave A Reply