इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी बराबरीमा रोकियो

0

विर्तामोड, १० असार ।

इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी बराबरीमा रोकिएको छ । आज विहान भएको खेलमा लेष्टरले ब्राइटनसँग गोलरहित बराबरी खेलेको हो ।
घरेलु मैदानमा गोलकिपर कास्पर नायक बन्दै एक पेनाल्टी बचाएपछि लेष्टरले ब्राइटनसँग बराबरी खेलेको हो ।
खेलको १४ औं मिनेटमा निल माउपेको पेनाल्टी कास्परले उत्कृष्ट बचाऊ गरेको थियो ।
यस्तै, खेलमा बल पोजिसनमा पकड जमाए पनि लेष्टरका फरवार्डले गोल निकाल्न सकेनन् । र, घरेलु मैदानमा ब्राइटनसँग अंक बाड्न बाध्य बन्यो । बराबरीसँगै तेस्रो स्थानको लेष्टरले ३१ खेलमा ५५ अंक जोडेको छ । ३३ अंक जोडेको ब्राइटन १५ औं स्थानमा रहेको छ । ००००००

Share.

Leave A Reply