बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा पुनः फर्कियो

0

विर्तामोड, १० असार ।

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा पुनः फर्किएको छ । आज विहान एट्लेटिको बिल्बाओलाई १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना लिगको शीर्ष स्थानमा फर्किएको हो ।
ईभान राकिटिचको गोलमा बार्सिलोनाले महत्वपूर्ण तीन अंक बटुल्न सफल रह्यो । ६४ औं मिनेटमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका राकिटिचले बार्सिलोनालाई जित दिलाएका हुन् । लियोनल मेस्सीको पासमा उनले खेल सकिन १९ मिनेट अगाडि गोल गरे ।
योसंगै स्पेनिस लिगको यो सिजन मेस्सीले १५ औं गोलको अवसर सिर्जना गर्न सफल रहे । उनी आफै करियरको ७ सयौं गोल पुरा गर्न एक गोलको खोजीमा छन् । तर, बिल्बाओबिरुद्धको खेलमा मेस्सीले सो गोल भेट्टाउन सकेनन् ।
रियल मड्रिडले मालोर्कालाई पराजित गरेको खण्डमा पुन लिगको शीर्ष स्थानमा फर्कन सक्नेछ ।
तर पछिल्लो जितले बार्सिलोनाले आफुलाई उपाधि होडमा राखेको छ । राकिटिचले सिजनको पहिलो गोल गर्न सफल रहे । शीर्ष स्थानको बार्सिलोनाको ६९ अंक छ । एक खेल कम खेलेको दोस्रो स्थानको रियल मड्रिको ६५ अंक छ । बिल्बाओ ४२ अंक सहित तालिकाको दशौं स्थानमा यथावत छ । ००००००

Share.

Leave A Reply